कोटेश्वर तेक्वान्दो डोजाङलाई खेल सामग्री हस्तान्तरण « Khabarhub

कोटेश्वर तेक्वान्दो डोजाङलाई खेल सामग्री हस्तान्तरण


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोगस्वरुप २० लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरिएको छ । आज आयोजित कार्यक्रममा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता निर्मल र निराजन श्रेष्ठले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई दुई ‘सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम’ हस्तान्तरण गरे ।

सो अवसरमा डोजाङका प्रशिक्षक, खेलाडी, तेक्वान्दोको ग्योरोगी, पुम्से र पारा अन्तर्राष्ट्रिय निर्णायक एवं नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति रहेको थियो । उक्त सामग्री खरिद गर्न श्रेष्ठ दाजुभाइसहित अस्ट्रेलियाका सक्षम कार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथा मकाउ बस्ने राकेश केसीले सहयोग गरेको बताइएको छ  ।

उनीहरु सबै तेक्वान्दो खेलाडी हुन् । मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठका अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् । निर्मल र निराजनले पाकिस्तानमा भएको नवौँं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

दुवै विगत १८ वर्षदेखि अमेरिका बस्दै आएका छन् । कार्यक्रममा निराजनले नेपालकै चर्चितमध्येको एक र राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाएका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग गर्न पाउदा खुसी लागेको जनाउँदै खेलाडीको समस्यामा हरदम सधै साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

निराजनले भने, “म र मेरो दाइ (निर्मल) पनि कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हौंँ । मेरो दाइ (नवीन) हाम्रो गुरु हुनुहुन्छ । कोटेश्वर तेक्वान्दो डोजाङको काम प्रशंसनीय छ । खेलाडी उत्पादनमा डोजाङको भूमिका महत्वपूर्ण छ । त्यसैले हामी आफै र अरुसँग पनि सहयोग जुटाएर सानै भए पनि सहयोग गरौंँ भनेर सामग्री दिएका हौँं । आउने दिनमा पनि सक्दो सहयोग गर्छौ ।”

निर्मलले आफू विदेशमा भए पनि नेपाली तेक्वान्दो खेलाडीलाई सधै सहयोग गर्ने जानकारी दिँदै खेलाडीलाई अनुशासित र लगनशील भएर खेलमा लाग्न सुझाव दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ५ : ५७ बजे

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा