शैक्षिक कोषका लागि देउसीभैलो | Khabarhub Khabarhub

शैक्षिक कोषका लागि देउसीभैलो


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्ने क्रम बढेको छ । तनहुँका केही विद्यालयले देउसीभैलोबाट सङ्कलित रकम विद्यालयकै काममा खर्च गर्ने लक्ष्य राखेका छन् ।

व्यास नगरपालिका–१२ छिर्कनेस्थित अमरज्योति माध्यमिक विद्यालयका विद्यार्थीले देउसीभैलो खेलेर रु दुई लाख ६१ हजार दुई सय ४४ सङ्कलन गरेका छन् । विद्यालयमा स्थापित गरिब तथा विपन्न एवं जेहेन्दार विद्यार्थी सहायता कोषको सहयोगार्थ विद्यार्थीले भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् ।

‘मेरो अमरज्योति म बनाउँछु’ अभियानअन्तर्गत तिहारका अवसरमा भैलो खेलेर उक्त रकम सङ्कलन भएको प्रधानाध्यापक रघुनाथ पण्डितले जानकारी दिए । उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । उनले भने, “विद्यालयको कोषमा रकम जुटाउन विद्यार्थीले भैलो सुरु गरेका छन् । यो केही दिन जारी रहन्छ ।”

यसैगरी भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले भैलो खेलेर रु चार लाख बढी रकम सङ्कलन गरेको छ । विद्यार्थी, शिक्षक, कर्मचारीले तीन दिनको अवधिमा उक्त रकम जुटाएका हुन् । यो रकम विद्यालयको भवन निर्माणमा प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घराज पाण्डेले जानकारी दिए ।

यसैगरी व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले छात्रवृत्ति कोषका लागि भैलो सुरु गरेको छ । क्याम्पसका विद्यार्थीले गरिब, अपाङ्ग, जेहेन्दार, विपन्न एवं पिछडिएको वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोषमा रकम जुटाउने उद्देश्यसहित भैलो सुरु गरेको हो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले भने, “लक्ष्मीपूजाको दिनदेखि भैलो खेल्न सुरु गरिएको छ । भैलोबाट सङ्कलित रकम विद्यार्थीको हितमा प्रयोग हुन्छ ।” व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले पनि भैलो कार्यक्रम सुरु गरेको छ । जिल्लाका अन्य शैक्षिक संस्था, आमासमूह, क्लब लगायतले पनि निश्चित उद्देश्य राखेर भैलो खेलिरहेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ७ : २८ बजे

स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक

गण्डकी– पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन

आयोगमा पुगेर सुधनले भने- हाम्रा माग पूरा नभएसम्म चुनाव हुन दिँदैनौँ

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरूको माग पुरा नभएसम्म

सरकारले देशलाई चुनावतर्फ लाँदैन, प्रतिनिधिसभा फर्काउनै पर्छ : शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ

कुरौनीबाट आत्मनिर्भर बन्दै नवलपुरका रेश्मराज

नारायणगढ– नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत् व्यापारिक महोत्सवमा

रवि र छविको मुद्दामा सुनुवाइ हुँदै, थुनामै राखिरहने या बाहिर बस्न दिनेबारे निर्णय हुन सक्ने

काठमाडौं- सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा हाल ललितपुको