अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई काँस्य पदक « Khabarhub

अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई काँस्य पदक


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले काँस्य पदक जितेको छ । प्रतियोगितामा दृशान्तकुमार महर्जनले नेपालका लागि काँस्य पदक दिलाएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । सोसाइटी सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आएको छ ।

नेपालले यसअघि सन् २०१९ मा पनि ओलम्पियाडमा काँस्य पदक जितेको थियो । सन् २०१४ देखि सुरु राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडबाट जीत हासिल गरेका विद्यार्थीले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडमा भाग लिँदै आएका छन् । नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाडमा भाग लिँदै आएको छ ।

सोअन्तर्गत हालसम्म विद्यार्थीले नेपालका लागि १२ सम्मानार्थ पदक र दुई काँस्य पदक हात पारेको छ । सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा हालसम्म नेपाली विद्यार्थीले तीन सम्मानार्थ पदक प्राप्त गरेको उनले सुनाए ।

के हो राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाड ?

राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गरिँदै आएको सोसाइटीले जनाएको छ ।

सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थी देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएका छन् ।

राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडमा कक्षा ८–१२ मा अध्ययनरत १३–२० वर्षका विद्यार्थीलाई समावेश गराइन्छ । प्रतियोगितासम्बन्धी थप जानकारी जान्न चाहनेले सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ७ : ४३ बजे

फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिकाले सानदार सुरुवात गरेको छ ।

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक