स्वास्थ्यमन्त्रीद्वारा बर्न अस्पतालका घाइतेसँग भेट | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्रीद्वारा बर्न अस्पतालका घाइतेसँग भेट


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका मोरङको उर्लाबारीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मोरङको उर्लाबारीमा यही कात्तिक २६ गते भएको आगलागीमा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्रीले उपचार खर्च तिर्न नसक्नेहरुको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिए । पैसाको अभावमा कसैको पनि उपचार नरोकिने बताउँदै उनले जलेका बिरामीहरुका लागि कीर्तिपुर बर्न अस्पतालले उत्कृष्ट काम गरिरहेकाले मन्त्रालयले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा शङ्करमान राईले उर्लाबारी घटनाकासमेत गरी अहिले अस्पतालमा ४४ जना जलेका बिरामीको उपचार भइरहेको जानकारी दिए । उनले उर्लाबारी घटनाका पीडित २५ जना घाइतेमध्ये पाँच जनाको शुक्रबार शल्यक्रिया गर्ने तयारी भइरहेको जानकारी पनि दिए । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ८ : ३५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार