अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने रुसको चेतावनी | Khabarhub Khabarhub

अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने रुसको चेतावनी


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ।
रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९० औं वर्षगाँठको उपलक्ष्यमा परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ ।

वाशिङ्गटनको ‘रुसोफोबिक’ (रुस र रूसी जनताप्रिको डर, वितृष्णा) गतिविधिका कारण सम्बन्ध विच्छेदन हुने जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

‘यो रुसको छनोट होइन, यद्यपि, संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ, र यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले बताएको छ । वाशिङ्गटनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रूसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रुसको दाबी छ।

अमेरिकी आधिपत्य र प्रभुत्वलाई आधारभूत विश्वदृष्टिकोण मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्यािएको रुसको बुझाइ छ ।

संयुक्त राज्य अमेरिका रुसका जनताको अशान्ति र स्थीर शासन व्यवस्था परिवर्तनलाई व्यवस्थित गर्नमा केन्द्रित छ, र यसले यी लक्ष्यहरू प्राप्त गर्न स्रोतहरू लगानी गरिरहेको छ, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ९ : ०८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले