युक्रेनले पाकिस्तानसँग माग्यो हातहतियार | Khabarhub Khabarhub

युक्रेनले पाकिस्तानसँग माग्यो हातहतियार


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- युक्रेनले पाकिस्तानसँग थप हतियारको माग गरेको छ । रुससँग युद्ध लडिरहेको युक्रेनले पाकिस्तानी हतियार माग गरेको हो । युक्रेनले पाकिस्तानसँग रक्षा उपकरण एवम् गोलीगठ्ठाको माग गरेको भारतीय समाचार संस्था इकोनोमिक टाइम्सले जनाएको छ ।

युक्रेनी रक्षामन्त्री रुस्तेम उमेरोभले पाकिस्तानी समकक्षीलाई टेलिफोन सम्पर्क गरी हातहतियार मागेका हुन् । उनीहरुबीच गत साता टेलिफोन संवाद भएको जनाइएको छ ।

कामचलाउ पाकिस्तानी सरकारका रक्षामन्त्री अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल अनवर अली हैदरसँगको संवादमा आफूले युक्रेनी क्षमता विकास गर्न पाकिस्तानले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेको युक्रेनी रक्षामन्त्री उमेरोभले जनाएका छन् । उनले द्विपक्षीय सम्बन्धलाई थप विस्तरा गर्नसमेत आफूहरु तयार रहेको जनाएका छन् ।

उमेरोभले एक्स (साबिकको ट्विटर) मा लेखेका छन्, ‘पाकिस्तानका रक्षा एवम् रक्षा उत्पादनमन्त्री लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) अनवर अली हैदरसँग कुरा भयो । युक्रेनको क्षमतामा पाकिस्तानी योगदानप्रति कृतज्ञ छु । द्विपक्षीय सम्बन्धलाई कायम राख्दै आपसी हितबारे छलफल गर्न पाउँदा खुशी छु ।’

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ९ : २९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास