भारतले चीन र पाकिस्तानसँगको सीमामा हवाई ब्रिगेडको तैनाथी बढाउने | Khabarhub Khabarhub

भारतले चीन र पाकिस्तानसँगको सीमामा हवाई ब्रिगेडको तैनाथी बढाउने


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय सेनाले चीन र पाकिस्तानी सीमा क्षेत्रमा हवाई ब्रिगेडको तैनाथी बढाउने भएको छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतीय सेनाले ती क्षेत्रमा हवाई ब्रिगेडलाई विस्तार गर्न लागेको हो ।

कमाण्ड र कन्ट्रोल प्रणालीलाई थप सुदृढ गर्नका लागि यस्तो निर्णय लिइएको उच्च सैनिक अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

हरेक हवाई ब्रिगेडमा ५० देखि ६० हेलिकोप्टर तैनाथ हुने गरेका छन् । यस्ता ब्रिगेडमा आक्रमण/निगरानी गर्ने हेलिकोप्टर, बन्दोबस्तीका मध्यम एवम् भारी हेलिकोप्टरका साथै मेडिकल हेलिकोप्टर रहने गर्छ ।

हाल सीमा क्षेत्रमा तीन सैन्य ब्रिगेड तैनाथ रहेको र ब्रिगेड थप गर्ने प्रक्रिया जारी रहेको ती सैन्य अधिकारीले एएनआईलाई बताएका छन् । उनले हाल अपाचे अट्याक हेलिकोप्टरका लागि पाइलट एवम् प्राविधिकहरुको प्रशिक्षण सम्पन्न भएकोसमेत जानकारी दिएका छन् ।

त्यसबाहेक हेरोन एमके २ र हर्मेस ९०० स्टारलाइनर्सले पनि भारतीय सेनाको क्षमता थप विस्तार हुने उनको भनाइ छ । उनले भारतीय सेनामा महिलाहरुको सहभागिता पनि बढ्दै गएको जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ९ : ४४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग