भारतले चीन र पाकिस्तानसँगको सीमामा हवाई ब्रिगेडको तैनाथी बढाउने « Khabarhub

भारतले चीन र पाकिस्तानसँगको सीमामा हवाई ब्रिगेडको तैनाथी बढाउने


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय सेनाले चीन र पाकिस्तानी सीमा क्षेत्रमा हवाई ब्रिगेडको तैनाथी बढाउने भएको छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतीय सेनाले ती क्षेत्रमा हवाई ब्रिगेडलाई विस्तार गर्न लागेको हो ।

कमाण्ड र कन्ट्रोल प्रणालीलाई थप सुदृढ गर्नका लागि यस्तो निर्णय लिइएको उच्च सैनिक अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

हरेक हवाई ब्रिगेडमा ५० देखि ६० हेलिकोप्टर तैनाथ हुने गरेका छन् । यस्ता ब्रिगेडमा आक्रमण/निगरानी गर्ने हेलिकोप्टर, बन्दोबस्तीका मध्यम एवम् भारी हेलिकोप्टरका साथै मेडिकल हेलिकोप्टर रहने गर्छ ।

हाल सीमा क्षेत्रमा तीन सैन्य ब्रिगेड तैनाथ रहेको र ब्रिगेड थप गर्ने प्रक्रिया जारी रहेको ती सैन्य अधिकारीले एएनआईलाई बताएका छन् । उनले हाल अपाचे अट्याक हेलिकोप्टरका लागि पाइलट एवम् प्राविधिकहरुको प्रशिक्षण सम्पन्न भएकोसमेत जानकारी दिएका छन् ।

त्यसबाहेक हेरोन एमके २ र हर्मेस ९०० स्टारलाइनर्सले पनि भारतीय सेनाको क्षमता थप विस्तार हुने उनको भनाइ छ । उनले भारतीय सेनामा महिलाहरुको सहभागिता पनि बढ्दै गएको जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ९ : ४४ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ