दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा « Khabarhub

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा


३० कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा दक्षिणअफ्रिकालाई तीन विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

आठौं पटक फाइनलमा स्थान बनाएको अष्ट्रेलियाले उपाधिका लागि आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनल पुगिसकेको छ ।

दुई सय १३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनर ट्रविस हेडले ६२ रन बनाए । अर्का ओपनर डेविड वार्नर १८ बलमा १ चौका र ४ छक्कासहित २९ रन बनाए । त्यस्तै जोश इंग्लिसले २८, मार्नस लाबुसेनले १८, स्टिभ स्मिथले ३० रन बनाए ।

दक्षिण अफ्रिकाका तबरेज शम्सी र जेराल्ड कोट्जीले समान दुई विकेट लिए । कागिसो रबाडा, एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।

त्यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले शतक बनाए । उनले १ सय १ रनको योगदान दिए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । कप्तान टेम्भा बभुमा शुन्य रनमा आउट भए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।जोस हजरउड र ट्रेविस हेडले समान २ विकेट झारेका थिए ।

 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : ४२ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड