दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा « Khabarhub

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा दक्षिणअफ्रिकालाई तीन विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

आठौं पटक फाइनलमा स्थान बनाएको अष्ट्रेलियाले उपाधिका लागि आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनल पुगिसकेको छ ।

दुई सय १३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनर ट्रविस हेडले ६२ रन बनाए । अर्का ओपनर डेविड वार्नर १८ बलमा १ चौका र ४ छक्कासहित २९ रन बनाए । त्यस्तै जोश इंग्लिसले २८, मार्नस लाबुसेनले १८, स्टिभ स्मिथले ३० रन बनाए ।

दक्षिण अफ्रिकाका तबरेज शम्सी र जेराल्ड कोट्जीले समान दुई विकेट लिए । कागिसो रबाडा, एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।

त्यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले शतक बनाए । उनले १ सय १ रनको योगदान दिए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । कप्तान टेम्भा बभुमा शुन्य रनमा आउट भए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।जोस हजरउड र ट्रेविस हेडले समान २ विकेट झारेका थिए ।

 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १० : ४२ बजे

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको