तपाईँको ब्लड प्रेसर ‘लो’ छ ? यी खानेकुराले फाइदा गर्छ « Khabarhub

तपाईँको ब्लड प्रेसर ‘लो’ छ ? यी खानेकुराले फाइदा गर्छ


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

ब्लड प्रेसर (रक्तचाप) ‘लो’ भएका व्यक्तिहरूले आफ्नो खानेकुरामा विशेष ध्यान दिन आवश्यक छ ।

खानामार्फत नै प्रेसरको अवस्था सामान्य बनाउन सकिन्छ । सामान्यतयाः कसैको ब्लड प्रेसर लो छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि गुलियो खानेकुराहरू खाने गर्दछन् ।

लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केही जानकारी

१. पात भएको सागसब्जी नियमित खानुहोस्
पात भएको सागसब्जीमा आइरन हुन्छ । जुन मानव शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो ।ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लड प्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।

२. डार्क चक्लेट
डार्क चक्लेटले मुटुका रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरूका लागि राम्रो मानिन्छ ।

३. बदाम
बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई वृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ । त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

४. बोसोको नभएको मासु
यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरूका लागि टर्की, चिकन र माछाको मासु सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।

५. टुसा उम्रेको गेडागुडी
टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरीरमा उर्जा प्राप्त हुनुका साथै राम्ररी रक्तसञ्चार हुन्छ । प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीका कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ ।

६. फलफूलः
यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।

७. कालो खाद्य पदार्थ
कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।

८. अमिलो खाद्य पदार्थ
गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरूको शरीरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।

९. गहुँको आटा
मैदाको तुलनामा गहुँको आटा निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।

१०. लसुन
लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरूको रक्तचाप सामान्य हुने गर्दछ । साथै नियमित स्वास्थ्य परिक्षण गर्नुहोस् र सकारात्मक सोच राख्नुहोस् ।

 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १० : ०६ बजे

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम