तपाईँको ब्लड प्रेसर ‘लो’ छ ? यी खानेकुराले फाइदा गर्छ « Khabarhub

तपाईँको ब्लड प्रेसर ‘लो’ छ ? यी खानेकुराले फाइदा गर्छ


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

ब्लड प्रेसर (रक्तचाप) ‘लो’ भएका व्यक्तिहरूले आफ्नो खानेकुरामा विशेष ध्यान दिन आवश्यक छ ।

खानामार्फत नै प्रेसरको अवस्था सामान्य बनाउन सकिन्छ । सामान्यतयाः कसैको ब्लड प्रेसर लो छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि गुलियो खानेकुराहरू खाने गर्दछन् ।

लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केही जानकारी

१. पात भएको सागसब्जी नियमित खानुहोस्
पात भएको सागसब्जीमा आइरन हुन्छ । जुन मानव शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो ।ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लड प्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।

२. डार्क चक्लेट
डार्क चक्लेटले मुटुका रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरूका लागि राम्रो मानिन्छ ।

३. बदाम
बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई वृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ । त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

४. बोसोको नभएको मासु
यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरूका लागि टर्की, चिकन र माछाको मासु सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।

५. टुसा उम्रेको गेडागुडी
टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरीरमा उर्जा प्राप्त हुनुका साथै राम्ररी रक्तसञ्चार हुन्छ । प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीका कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ ।

६. फलफूलः
यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।

७. कालो खाद्य पदार्थ
कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।

८. अमिलो खाद्य पदार्थ
गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरूको शरीरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।

९. गहुँको आटा
मैदाको तुलनामा गहुँको आटा निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।

१०. लसुन
लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरूको रक्तचाप सामान्य हुने गर्दछ । साथै नियमित स्वास्थ्य परिक्षण गर्नुहोस् र सकारात्मक सोच राख्नुहोस् ।

 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १० : ०६ बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ