जन्मघर पुग्दा केपी ओली मख्ख ! « Khabarhub

जन्मघर पुग्दा केपी ओली मख्ख !


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार तेह्रथुमको आठराईस्थित आफ्नो जन्मघरमा पुग्दा निकै हौसिए । त्यहाँ उनले बाल्यकालमा संगत गरेका साथीभाइसँग संवाद गरे । कसैसँग लाउडस्पिकरमा फोन गरे ।

८१ वर्षका तीलबहादुर गहतराजले केपी ओली ६ महिनाको हुँदा आमाको मृत्यु भएको र आफ्नै आमाको दूघ खाएर हुर्किएको सम्झिए । ओलीले पनि तीलबहादुरका बारेमा भने, ‘म तीलबहादुर गहतराज दाइकै आमाको दूध खाएर हुर्केको । मलाई बाल्यकालमा उहाँसँगै स्कूल गएको सम्झना आयो ।’

शनिबार बिहानै चिया पिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले भनेका छन्, ‘नमस्कार, शुभ बिहानी ! मेरो जन्मघर आठराई इवाबाट । चिसो धेरै छ । गाउँमा बिहानको तातो चिया ठूलो गिलासमा खानुको मज्जा बेग्लै छ। आज हाम्रो यात्रा तेह्रथुमबाट पाँचथर प्रवेश गर्ने छ।’

त्यसो त शुक्रबार राति पनि ओलीले फेसबुकमा पोष्ट गर्न भ्याएका थिए । उनले भनेका थिए, ‘जन्मघरबाट शुभरात्रि ! जन्मघर इवा पुग्दा बाल्य जीवनका रमाइला दिनहरूको खुब सम्झना भयो ।’

https://www.facebook.com/UMLprezKPSharmaOli/videos/1262463884700235

तीलबहादुरले पनि आफूभन्दा ८ वर्ष कान्छो ओलीसँग खेलेका पुराना दिन सम्झँदै भने, ‘ए… एकदुमसँग गिर खेलियो भैँसेमा ।’

पार्टीले आयोजना गरेको महाकाली मेची यात्राका क्रममा गाउँ पुगेका ओली भन्छन्, ‘यसपालि तेह्रथुम आउँदा म एक्लै थिइनँ, महाकालीदेखि यात्रारत यात्रीहरू पनि सँगै हुनुहुन्थ्यो। विकास गाउँ पुग्न थालेको छ, तर गाउँमा बस्नेहरू गाउँ छोड्न थालेका छन् । हामी गाउँहरूलाई कसरी सुविधा र कमाइको केन्द्र बनाउने भन्ने कुराकानी गर्दै पश्चिमदेखि पूर्वसम्मै हिँडिरहेका छौं।’

गाउँको छातेढुङ्गामा पत्नी राधिकासँग खिचेको तस्बिर पनि ओलीले फेसबुकमा हालेका छन् ।

केपी ओलीले समूहमा उभिएर गाउँले संगीसँग लाउडस्पिकरमा कुराकानी गरेको भिडियो पनि सामाजिक सञ्जालबाट प्रचार गरेका छन् ।

महाकालीदेखि दुई सातासम्म पहाडको यात्रा गरिरहेका ओलीलाई गाउँलेले पूर्वेली लवजमा भन्छन्, ‘बडो खुशी लाग्यो हौ, तपाई दह्रो, धेरै स्वस्थकर हुनुहुँदो रहेछ । तपाईँसँग झुम्राको गोल खेलेको याद आयो ।’

ओलीले साथीलाई भने, मैले चौतारीबाट गैरीतिर पनि यसो हेर्दै हिँडें ।’

ओलीका साथीले गाउँमा मानिसहरू नबसेको र सुनसान बनेको चिन्ता गर्दा ओलीले जवाफमा हल्का गफ दिए, ‘हैन, यहाँ मान्छे छैनन् छैन र म योजना गर्दैछु । यहाँ (गाउँमा) मान्छे आउने खालको योजना नि । कसरी कृषि गर्ने र यो ठाउँको….।’

https://www.facebook.com/UMLprezKPSharmaOli/videos/322943273944989

गाउँ छाड्ने बेलामा ओलीले स्टाटस लेखे, ‘यसपटक जन्मघरको बसाइ यत्ति नै । अब यात्रा पाँचथरतिर अघि बढ्दै छ । यात्राका क्रममा जन्मघरको एक रात बसाइबाट मैले यहाँका बोट बिरुवा, छिमेकी, बालसखा र हावापानीको न्यास्रो मेट्ने अवसर पाएँ। अब अर्को समय मिलाएर आउने छु ।’

नेकपा एमालेले महाकालीबाट मंसिर १४ देखि महाकालीबाट शुरु गरेको यात्रा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर आइतबार सकिँदैछ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ११ : ३९ बजे

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका