कुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन | Khabarhub Khabarhub

कुवेती अमिर शेख नवाफको ८६ वर्षको उमेरमा निधन


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

कुवेत- कुवेतका अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ । कुवेतको दरबारी मामिला हेर्ने मन्त्री शेख मोहम्मद अब्दुल्लाह अल सबाहले विज्ञप्ति जारी गर्दै अमिरको निधन भएको जानकारी दिएका हुन् ।

‘ठूलो दुख र निराशाका साथ हामी – कुवेती जनता, अरब र इस्लामिक राष्ट्रहरु र मित्रहरु – प्रभुको शरणमा पुग्नुभएका स्व. अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहप्रति शोक व्यक्त गर्दछौँ ।’ मन्त्री शेख मोहम्मद अल सबाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुवेती अधिकारीहरुले अमिरको निधनको कारणबारे केही खुलाएका छैनन् । अब उनका सौतेनी भाइ शेख मेशाल अल अहमद अल अबार अल सबाह नयाँ अमिर बन्ने कुवेतका उपप्रधानमन्त्री एवम् मन्त्रिपरिषद् मामिलाका राज्यमन्त्री इसा अल कन्दारीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

यसअघि सन् २०२० मा सौतेनी दाजु शेख सबाह अल अहमद अल जबार अल सबाहको ९१ वर्षको उमेरमा अमेरिकामा निधन भएपछि शेख नवाफ कुवेतका नयाँ अमिर बनेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : १८ बजे

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल