बेवारिसे नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

बेवारिसे नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री जम्कट्टेल


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताएका छन् । आज हेटौँडामा आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले असहाय बेवारिसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताए ।

प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थालाई सहयोग गर्दै मानवता र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए । प्रदेश सरकार स्थापनादेखि हालसम्म मानव सेवा आश्रमको व्यवस्थापनका लागि रु चार करोडभन्दा बढी रकम सहयोगस्वरुप लगानी गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामका लागि रकम विनियोजन गर्न सरकार तयार रहेको बताए । उनले चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले रु ४० लाख सवारी खरिदका लागि विनियोजन गरेको बताए ।

स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न कार्यमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले नागरिकको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको बताए ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सडक मानवमुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले काम अघि बढाएको बताए । अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यममार्फत क्रियाशील रहने जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ११ : ०१ बजे

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा