एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल « Khabarhub

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी नेतृत्व, डिजिटल सुधार र राजनीतिक हस्तक्षेपमुक्त एनएमए निर्माणलाई केन्द्रमा राख्दै आफ्नो उम्मेदवार टिम, परिवर्तनका एजेन्डा र प्रतिबद्धताका आधारस्तम्भ सार्वजनिक गरेको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘स्ट्रङ्गर टुगेदर’ नारासहित टिम मंगलले एनएमएलाई सबै चिकित्सकको साझा, पेशागत र पारदर्शी संस्थाका रूपमा पुनः स्थापित गर्ने दाबी गरेको छ । 

टिम मंगलले प्रस्तुत गरेको टिम संरचनामा महिला, अल्पसंख्यक, भौगोलिक र जातीय सन्तुलनलाई विशेष प्राथमिकता दिइएको छ ।

टिममा चारजना महिला उम्मेदवार समेटिएका छन्, जसमा एकजना मुस्लिम समुदायबाट रहेकी छिन् । ‘हाम्रो एनएमए, सबैको एनएमए’ नारालाई व्यवहारमा उतार्न समावेशी नेतृत्व निर्माण गरिएको टिमको दाबी छ ।

राजनीतिक प्रभाव र दबाबबाट एनएमएलाई टाढा राख्ने स्पष्ट प्रतिबद्धतासहित टिम मंगलले ‘अपोलिटिकल एनएमए’ को अवधारणा अघि सारेको छ ।

निर्वाचित भएपछि कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने, राजनीतिक गतिविधिमा संलग्न नहुने र कार्यकालमा सार्वजनिक वा राजनीतिक नियुक्ति नस्विकार्ने प्रतिबद्धता टिमले जनाएको छ ।

टिम मंगलले एनएमएभित्र निर्णय प्रक्रियामा सदस्यहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न एप–आधारित अनलाइन मतदान प्रणाली लागू गर्ने योजना अघि सारेको छ । यससँगै एनएमएलाई पूर्ण रूपमा डिजिटाइज गर्दै आवासीय चिकित्सक र मेडिकल अधिकृतको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।

नीतिगत सुधारतर्फ टिम मंगलले बाराकोटी प्रतिवेदनको कार्यान्वयनलाई प्रमुख मुद्दा बनाएको छ। सोही प्रतिवेदन निर्माण समितिका संयोजक डा।.टंकप्रसाद बाराकोटीलाई कोशी प्रदेश उपाध्यक्ष (संयोजक) को उम्मेदवार बनाइनुले कार्यान्वयनप्रति गम्भीरता देखाएको टिमको तर्क छ ।

टिम मंगलबाट डा. मंगल रावल अध्यक्ष, डा. कृतिपाल सुवेदी वरिष्ठ उपाध्यक्ष र डा. कालु सिंह खत्री महासचिवका उम्मेदवार रहेका छन् । 

सातै प्रदेशका उपाध्यक्ष उम्मेदवार चयन गर्दा प्रदेशगत प्रतिनिधित्वलाई प्राथमिकता दिइएको छ । कार्यक्रममा टिम मंगलले एनएमएलाई केवल संगठन नभई चिकित्सकको अधिकार, सुरक्षा र सेवासँग जोडिएको बलियो संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढ्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १ : १९ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक