सुदूरपश्चिम प्रदेशको सभामुखमा भण्डारी निर्वाचित « Khabarhub

सुदूरपश्चिम प्रदेशको सभामुखमा भण्डारी निर्वाचित


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् ।

मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा आज भएको मतदानमा भण्डारीले २९ मत पाए । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा भण्डारी २९ मत पाउँदै निर्वाचित भएको ज्येष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले घोषणा गरेका हुन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ मत परेको थियो । भण्डारीलाई माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक सांसदले मत दिएका थिए । प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावलले २३ मत मात्रै पाएका थिए ।

रावललाई कांग्रेसका १९ र एकीकृत समाजवादी पार्टीका चार प्रदेश सभा सदस्यले मत दिएका थिए । प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ११ : ५४ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स