प्रचण्ड सरकारमा चार जना उपप्रधानमन्त्री « Khabarhub

प्रचण्ड सरकारमा चार जना उपप्रधानमन्त्री


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् ।

वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, माओवादीबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपाबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने र राप्रपाबाट उपप्रधानसहित ऊर्जामन्त्री राजेन्द्र लिङदेन छन् ।

अझै जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व हुन बाँकी छ । यदि जसपा पनि सरकारमा गए थप एक उपप्रधानमन्त्री बनाउनुपर्ने अवस्था छ ।

गृहमन्त्री रवि लामिछानेले विगतमा सञ्चारकर्मी हुँदा टेलिभिजनमा धेरै उपप्रधानमन्त्री बनाएर मजाक गरेको भन्दै आपत्ति जनाएका थिए । तर, अहिले उनी आफैं एमाले र माओवादी नेताहरुलाई घुर्की लगाएर उपप्रधानमन्त्री बन्न सफल भएका छन् । विगतमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीको संख्या सात बनाइएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ४४ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने