विकास निर्माणमा अवरोध गर्ने छुट कसैलाई छैन : भौतिक योजना तथा यातायातमन्त्री श्रेष्ठ « Khabarhub

विकास निर्माणमा अवरोध गर्ने छुट कसैलाई छैन : भौतिक योजना तथा यातायातमन्त्री श्रेष्ठ


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणमा अवरोध गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

आज चितवनमा निर्माणाधीन छ लेन सडक र बाइपास को निरीक्षण अनुगमनपछि उनले देशको विकास निर्माणमा अवरुद्ध गर्ने, सम्झौता पालना नगर्ने, नोक्सान पु¥याउने प्रवृतिलाई छुट नदिइने बताएका हुन् । उनले भने, “म काम चाहने मान्छे हो । कारबाही गर्नु नपर्ने गरी काम गर्नुहोस् ।”

गुणस्तरीय कायम गर्दै समयमा आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई उनले निर्देशनसमेत दिए । उनले भने, “अहिलेसम्म समयमा काम सम्पन्न भएको रहेनछ । थोरै अवधिमा सम्पन्न गर्ने गरी काम गरौँ कारबाही गर्न नपरोस् ।” केही दिनयता क्रसर व्यवसायीले विकास निर्माणमा असर गर्ने गरी बन्द गर्नथालेको बताउँदै उनले क्रसर व्यवसायीको समस्या केही दिनभित्रै टुङ्गो लाग्ने बताए ।

“सम्बन्धित मन्त्रालयसँग कुरा भइरहेको छ । केही दिनमा समस्या समाधान हुन्छ”, उनले भने । गृह मन्त्रालय समस्या समाधानका लागि लागेको उनले जानकारी दिए ।

यसअघि भरतपुर महानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोकिएका विकासका आयोजना तीव्र गतिमा अघि बढाइने बताएका थिए । राष्ट्रिय गौरवका आयोजनाको काम के कारणले रोकिएको हो भन्ने समस्या पहिचान गरेर समाधान गर्दै अघि बढाइने उनको भनाइ थियो । विकास निर्माणका काम सम्पन्न गर्नका लागि संविधान, कानुन र नियमभित्र बसेर सबै एक जुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, “हाम्रो प्राथमिकता सुशासन, यातायात व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रको विकास छ ।” यी काममा सरकार लागिपर्ने उनले बताए । भ्रष्टाचार र अनियमितता विकासका शत्रु भएको भन्दै उनले यसको अन्त्य सरकारको मुख्य प्रथामिकता रहेको जनाए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय सरकारले समन्वय गर्दै काम गरिरहेको सुनाए । उनले महानगरभित्रका आयोजनामा सङ्घीय सरकारको सहयोग आवश्यक रहेको जानकारी गराए ।

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले माडीवासीका समस्याका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराइन् । सो अवसरमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, मन्त्रालयका सचिव दीपकप्रसाद सिग्देल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : ३४ बजे

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज– बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट

महेन्द्रनगर– जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा