बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्नु सरकारको प्राथमिकता : नवनियुक्त श्रममन्त्री अर्याल | Khabarhub Khabarhub

बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्नु सरकारको प्राथमिकता : नवनियुक्त श्रममन्त्री अर्याल


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् ।

उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने दृढता व्यक्त गरे । उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । “नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ”, उनले भने ।

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । “दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ”, उनले भने, “त्यसको निराकरणका लागि मैले काम गर्छु ।”

मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । “बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो”, उनले भने ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : ०३ बजे

युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोगको अनुमति दिनुको अर्थ ?

अक्टोबर महिनाको तेस्रो सातामा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले संसदमा रुस

हार्मोनियमको पेच कस्दा कस्दै

काठमाडौं– मानिसले कुनै पनि काममा लगन र साधना गरिरह्यो भने

‘सानो आँधीमूल’ पर्यटकको प्रतीक्षामा

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका– ५ भुजेल गाउँस्थित चित्ताकर्षक ‘सानो आँधीमूल’

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

पाल्पा- रामपुरका खेतबारीमा रहेका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप

मोबाइलमै नाचिरहेका स्मार्ट ठग !

काठमाडौं – आजकाल किनमेल गर्न बजार पुग्नुपर्दैन । हरेक सामान अनलाइनबाटै