मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन « Khabarhub

मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन भएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत बिभाजनबाट मण्डल सभामुखमा चयन भएका हुन् ।

मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उनको विपक्षमा २९ मत पर्‍यो । आज बसेको प्रदेश सभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए ।

मत विभाजनपछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल विजयी भएको घोषणा गरेका हुन् ।

मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए ।

मण्डलको विरुद्धमा नेपाली कांग्रेसका जंगीलाल राय उम्मेदवार थिए । यद्यपि आवाश्यक मत नपुग्दा उनी पराजित भए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : ३९ बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र