हात्तीको आक्रमणबाट सुनसरीमा वृद्धको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट सुनसरीमा वृद्धको मृत्यु


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनका एक वृद्धको ज्यान गएको छ । जंगलमा घाँस काट्न गएको बेला बराहक्षेत्र–५ सिमरवन बस्ने ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामझोडास्थित जनजागृती सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । जंगलमा ५ वटा हात्ती घुमफिर गरिरहेको स्थानीय बासिन्दाले बताए ।

बराहक्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ । एक महिना अघिमात्र सोही क्षेत्रमा एक हात्ती मृत फेला परेको थियो ।

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : २० बजे

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार