भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग « Khabarhub

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट दुई करोड ८३ लाख ५३ हजार ९७७ रुपैयाँ सहयोग जुटेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हालसम्म जिल्लाका विभिन्न ८१ सङ्घसंस्थाबाट सहयोग गरिएको विवरण प्रशासनमा प्राप्त भएको छ । उनले सहयोगदाताहरूलाई आफूले प्रदान गरेको सहयोगको विवरण प्रशासनलाई जानकारी गराउन अनुरोध गरिएको बताए ।

‘विपद् प्रभावित नागरिकका लागि जिल्लामा स्वतःस्फूर्त रूपमा ठूलो रकम जम्मा भएको छ । कतिपयले प्रशासनमा जानकारी गराउनुभएको छ भने कतिपयले जानकारी नगराई आफ्नै हिसाबले समेत सहयोग गरिरहनुभएको छ,’ सहायक प्रजिअ बरालले भने ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ९ : ५६ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई