सरकारले निजगढ विमानस्थलको निर्माण अघि बढाउँछ : नवनियुक्त पर्यटनमन्त्री किराँती « Khabarhub

सरकारले निजगढ विमानस्थलको निर्माण अघि बढाउँछ : नवनियुक्त पर्यटनमन्त्री किराँती


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने भएको छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आज मन्त्रालयमा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर’ परियोजना भएकाले निगगढमा विमानस्थल बन्ने विश्वास व्यक्त गरे ।

उनले भने, “निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जरुरी छ, त्यसलाई कसरी तीव्र गतिमा कसरी अगाडि बढाउन सकिन्छ भनेर हाम्रो तर्फबाट सम्पूर्ण बल लगाइन्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाइने बताएका थिए ।

सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनः चर्चाको विषय बनेको छ ।

मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गतेदेखि सञ्चालनमा आएको छ । तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि व्यावसायिक उडान सुरु भइसकेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : ५२ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई