तेस्रो पटक सांसद चुनिएका मोदी सामान्य प्रशासनमन्त्री « Khabarhub

तेस्रो पटक सांसद चुनिएका मोदी सामान्य प्रशासनमन्त्री


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।

तेस्रो पटक सांसद बनेका मन्त्री मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । मोरङको बुढीगङ्गा गाउँपालिका–६ मा २०४२ असोज ५ गते जन्मेका नवनियुक्त मन्त्री मोदीले स्नातकसम्म अध्ययन गरेका छन् । उनका श्रीमती र दुई छोरा छन् ।

विसं २०५६ मा अखिल क्रान्तिकारीको एकाइ सदस्य हुँदै विद्यार्थी राजनीतिमा आबद्ध भएका मन्त्री मोदीले अनेरास्ववियु क्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष भएर काम गरेका थिए । नेकपा एमालेबाट राजनीति सुरु गरेका मन्त्री मोदी पछि नेकपा माओवादीमा आबद्ध भएका थिए ।

मन्त्री मोदीले २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य तथा जिल्ला र केन्द्रमा विभिन्न सङ्गठनमा काम गरेका थिए । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मन्त्री मोदी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनले संविधान लेखनको मस्यौदा समितिमा रहेर समेत काम गरेका थिए ।

कृषि र विकासमा विशेष रुचि राख्ने मन्त्री मोदीले २०६० सालमा पक्राउ परी दुई वर्ष तीन महिना जेल जीवन बिताउनुपरेको थियो । राजनीतिक आन्दोलनका क्रममा उनी पटक पटक हिरासतमा बसेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : ०२ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई