राष्ट्रपति, सभामुखजस्ता पदका लागि छलफल गर्न कांग्रेस तयार « Khabarhub

राष्ट्रपति, सभामुखजस्ता पदका लागि छलफल गर्न कांग्रेस तयार


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुखजस्ता पदका लागि छलफल गर्न तयार रहेको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुलाई तटस्थ पदका लागि सहमती गरेर अघि बढ्न सकिने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरुले यसबारे छलफल गर्न आफूहरु तयार रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

नेता लेखकले आफ्नो पार्टी प्रतिनिधिसभामा प्रतिपक्षमा भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो राखेको बताएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : २८ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड