सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित « Khabarhub

सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको उपसभामुख पदमा नेकपा एमालेकी सांसद कोइलीदेवी चौधरी निर्वाचित भएकी छिन् । चौधरीको पक्षमा सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले मतदान गरेका थिए ।

चौधरीसँग एकीकृत समाजवादीकी सांसद माया पन्त प्रतिस्पर्धामा थिइन् । पन्तलाई भने कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिलाई भागबण्डा गरेको सत्ता गठबन्धनले उपसभामुख पद नागरिक उन्मुक्तिले लिन नमानेपछि एमालेले चौधरीलाई उम्मेदवार बनाएको थियो । पद नलिए पनि नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई सघाइरहेको छ । उसले सरकारमा पनि नजाने बताएको छ ।

प्रदेश उपसभामुखमै उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी माया पन्तले भने २४ मतमात्रै प्राप्त गरेकी थिइन् । प्रदेश सभाको तत्कालीन कायम रहेका सदस्य संख्याको बहुमत अर्थात २७ सदस्यको समर्थन नपाएपछि सभामुख भण्डारीले उनको उम्मेदवारी अस्वीकृत गरेका हुन् । प्रदेश सभाको अर्को बैठक माघ ११ गते दिउसो २ गते बस्ने छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : ४९ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई