सटरभन्दा बाहिर सामान राख्न नपाइने | Khabarhub Khabarhub

सटरभन्दा बाहिर सामान राख्न नपाइने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पसलको सटरभन्दा बाहिर सामान राखे आजदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई निर्देशन दिएका छन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाइ, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ ।

महानगर प्रमुख कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । प्रमुख कोइरालाले सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन महानगर प्रहरीलाई तत्कालै निर्देशन दिए ।

“महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर र माइकिङ गरेर तपाईंहरूलाई सटरभन्दा बाहिर सामान नराख्न आग्रह गरिसकेको छ”, प्रमुख कोइरालाले भने, “आजदेखि बाहिर राखे महानगर प्रहरीले नियन्त्रणमा लिन्छ । त्यसमा तपाईंहरूले गुनासो गर्न पाउनुहुन्न ।”

उनले विराटनगरलाई व्यवस्थित बनाउने दायित्व सबै महानगरवासीको भएकाले सहयोग गर्न आग्रहसमेत गरे ।

अनुगमनमा प्रमुख कोइरालाका साथै उपप्रमुख शिल्पा निरौला कार्की, ११ नं वडाका अध्यक्षसमेत रहेका यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरीका प्रमुख राजन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै टोलीले महानगर क्षेत्रभित्र सञ्चालनमा ल्याउन लागेको पार्किङस्थलको पनि निरीक्षण गरेको थियो । महानगरले पहिलो चरणमा जलजलाचोकदेखि कोसी अस्पताल चोकसम्मलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । सो क्षेत्रको पार्किङ व्यवस्थापन जलजला हल अगाडि गरिएको छ । टोलीले महावीर रोड उत्तर र पुरानो गुद्रीमा निर्माण भइरहेको पार्किङस्थलको पनि निरीक्षण गरेर महानगर प्रहरीसित पछिल्लो अवस्थाबारे जानकारी लिएको थियो ।

त्यस्तै हिमालय रोडमा रहेको सपिङ कम्प्लेक्सको अण्डरग्राउण्ड पार्किङ पनि सञ्चालनमा ल्याइने भएको छ । ट्राफिक चोकमा रहेका मोची (जुत्ता चप्पल मर्मत गर्ने) हरूलाई पनि अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी गरेको प्रमुख कोइरालाले बताए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ११ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन