रोहिणी मेयर कप क्रिकेट सुरु « Khabarhub

रोहिणी मेयर कप क्रिकेट सुरु


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको रोहिणीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक पालिकाको सहयोग तथा नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजनामा मेयर कप प्रतियोगिता सुरु भएको हो ।

माघ ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र एउटा कर्मचारीको टीम गरी ८ वटा स्थानीय टीमको सहभागितामा वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा रहेको रामनरेश माविको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए ।

खेलको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष विद्या यादवले स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाइ आत्मसात गर्दै शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिदै रुपन्देही क्रिकेटको उर्वर भूमि रहेकोले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुगोस् भन्ने हेतुले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । क्रिकेटप्रति युवाहरुको रुची बढ्दो छ, सोहीअनुसार युवालाई प्रोत्साहन गर्न र खेल क्षेत्रको विकासका लागि गाउँपालिकाको सहयोगमा हामीले पहिलो पटक आयोजना गरेका उनको भनाइ छ ।

पालिकामा क्रिकेट प्रेमी र खेलाडीहरु पनि प्रशस्त भएकोले उनीहरुको अभ्यास र क्षमता बृद्धिका लागि मौका पनि यस्तै प्रतियोगिताबाट हुनेहुदा यसलाई निरन्तरता दिँदै क्रिकेटको विकासमा सहयोग गर्न पालिका सकारात्मक रहेको अध्यक्ष यादवले बताए ।

मंगलबार भएको उद्घाटन खेलमा रोहिणी–१ ले रोहिणी–३ लाई ८ विकेटले पराजित गर्दै जित निकालेको छ । टस हारेर ब्याटिङ पाएको रोहिणी ३ ले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव २ ओभरमै सबै विकेट गुमाई १ सय १७ रन जोडेको थियो । जसका लागि विवेकले ३३, शिवले १८ र विहारीले १४ रनको योग्दान गरे । वलिङतर्फ अफसरले ३, धिरुले २ विकेट लिए ।

११८ रनको लक्ष्य पाएको रोहिणी–१ ले जवाफीमा ८ ओभर ३ बलमै लक्ष्य पार गरी जित निकाल्यो । ३ विकेटकै क्षति जित निकालेको रोहिणी १का लागि अबरारले ६५, अफसरले १९ र धिरुले १८ रनको योग्दान गरे । उद्घाटन खेलको म्यान अफ द म्याच अबरार भएको प्रतियोगिताका संयोजक कुर्मीले जानकारी दिए ।

१५ ओभरमा समूह ए र बी गरी २ समूहमा विभाजन गरी लिग चरणमा प्रतियोगिता हुने छ । ४–४ वटा टिमबीच ३–३ वटा प्रतियोगिता गराइनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ६० हजार सहित ट्रफी र प्रमाणपत्र दिइने छ भने , द्वितीय पुरस्कार ३० हजार, तेस्रो र चौथोलाई समान १५–१५ हजार दिइने छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ३१ बजे

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका