लोप हुँदै पञ्चैबाजा, नयाँ पुस्ताले बजाउनै छाडे « Khabarhub

लोप हुँदै पञ्चैबाजा, नयाँ पुस्ताले बजाउनै छाडे


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुसीकोट– गाउँघरमा हुने विभिन्न सुखद जमघटमा अनिवार्यजस्तै मानिएको पञ्चैबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला नियकायले संरक्षणमा जोड नदिँदा पञ्चैबाजा संरक्षणमा चुनौती थपिएको हो ।

दमाहा, ट्याम्को, झ्याम्टा, सनई र ढोलकी यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चैबाजा । विवाह, व्रतबन्ध, पूजाआजा र अरु विविध सामाजिक कार्यमा बज्ने यस्ता बाजाको प्रयोग हिजोआज कमै मात्रामा हुन थालेको छ । पुरानो पुस्तामा यो बाजा बजाउने सीप भए पनि पछिल्लो पुस्ताले यसमा खासै चासो दिएको छैन । बाजा बजाउने सीपको पुस्तान्तरण हुन नसक्दा यो मौलिक नेपाली सङ्गीत हराउँदै जान थालेको स्थानीयवासी रविलाल नेपालीले बताए ।

पहिले दलित समुदायका विभिन्न जातिले यो बाजालाई पेसा बनाएका थिए तर पछिल्लो पुस्ताले यसमा अभिरुचि नदेखाएपछि रुकुममा पञ्चैबाजा बजाउने कम हुँदै गएका छन् । गाउँमा बाजा बजाउने सबै पुराना पुस्ताका मात्र देखिन्छन् । नयाँ पुस्ताले पञ्चैबाजा बजाउन नसिक्दा पञ्चैबाजा लोप हुने त होइन भन्ने चिन्ता बढेको मुसीकोटका भागिराम परियार बताए ।

पञ्चैबाजासँगै अन्य विविध मौलिक संस्कृति संरक्षणमा सरोकारवाला निकायले गरिरहेको प्रयास पर्याप्त हुन सकेको छैन । बाजा बजाउनेलाई पोसाक र बाजा खरिदमा सहयोग गर्ने, बेलाबेलामा प्रतियोगिता आयोजना गर्ने र विभिन्न ¥याली, जुलुस, उत्सव तथा औपचारिक कार्यक्रममा सहभागी बनाउनेजस्ता काम गर्ने गरे पनि बाजा संरक्षणका लागि बाजा बनाउनेदेखि बजाउने सीपको प्रवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको मुसीकोट नगरपालिकाका नगर उपप्रमुख विमलकुमार पुन बताए ।

स्थानीय सरकारले पनि पुराना मौलिक बाजा संरक्षणका लागि विभिन्न कार्यक्रम बनाएको उनको दाबी छ । बजारमा पाइने आधुनिक गाजाबाजाको कारण पनि पञ्चैबाजा लोप हुँदै गएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाको भनाइ छ ।

“मौलिक कला, संस्कृति र सङ्गीत हाम्रा अमूल्य सम्पति हुन्”, देवकोटाले भने, “हाम्रा पुर्खाले कयौँ कला, संस्कृति र सङ्गीतको विकास गरेका छन् ।” यसको संरक्षण र प्रचारप्रसार जरुरी रहेको उनको भनाइ छ । पञ्चैबाजासहित अन्य लोक संस्कृतिको मुहार आगामी पुस्ताले देख्न मुस्किल पर्ने र यसका लागि पछिल्लो पुस्ताको सक्रियता र अभिरुचिको पनि उत्तिकै खाँचो देखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्षको जोड छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १० : २६ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह