यस्ता छन् कपाल झर्ने कारण, रोक्न के गर्ने ? « Khabarhub

यस्ता छन् कपाल झर्ने कारण, रोक्न के गर्ने ?



काठमाडौँ – के तपाईँको कपाल झर्ने गरेको छ ? यदि तपाईँ कपाल झर्ने समस्या झेलिरहनुभएको छ भने सबैभन्दा पहिले यसका कारण थाहा पाउन आवश्यक हुन्छ । अलिअलि कपाल झर्नु सामान्य मानिन्छ । दैनिक एक सयभन्दा धेरै कपाल झर्‍यो भने मात्र तपाईँले रोकथाम तथा उपचार विधि अपनाउनुपर्ने हुन्छ । कपाल झर्ने विभिन्न कारण हुन सक्छन् । सामान्यतया कपाल झर्ने मुख्य कारणमा मानिसको हर्मोन जिन र चिन्ता पर्छन् ।

कपाल झर्ने कारण के–के हुन् ?

– एन्ड्रोजन हर्मोनको कारणले महिला पुरुष दुबैमा कपाल झर्छ ।

– ड्राई हाइड्रो टेस्ट टेस्टटेरोन हार्मोनको सेन्सेटिभिटी उच्च भएको खण्डमा पनि कपालको जरा सानो पातलो र सुक्दै जाने हुन्छ ।

– एलोपेसिया एरियटाका कारणले पनि कपाल झर्ने समस्या हुनसक्छ । यो भनेको कपाल वा टाउकोको विभिन्न भागमा गोलो गोलो घेराजस्तो देखिन्छ । जसलाई नेपाली भाषामा खोइरो लागेको भनिन्छ ।

– डाइटिङ गर्ने भनेर खाना नखाने, आहारामा प्रोटिनको मात्र घटाइदिने गर्दा पनि कपाल झर्न सक्छ ।

– शल्यक्रिया गरेका मानिसको कपाल पनि झर्छ ।

– तातो पानीले नुहाउँदा वा फरक–फरक किसिमका स्याम्पु लगाउँदा पनि कपाल झर्न सक्छ ।

– चिन्ताका कारण पनि कपाल झर्ने समस्या हुन्छ ।

– अत्यधिक मात्रामा भिटामिन र अरु औषधिको सेवनले पनि कपाल झर्छ ।

कपाल झर्न नदिन के गर्ने ?

– पर्याप्त मात्रामा पानी पिउने

– मद्यपान तथा धूम्रपानको सेवन कम गर्ने

– बेला बेलामा कपालको मालिस गर्ने

– कपाल बलियो बनाउन वा झर्न नदिन सातामा दुई पटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउनु उपयुक्त हुन्छ ।

– बायोटिन तथा अन्य भिटामिन लगायतका पौष्टिक तत्वयुक्त अण्डा कपालको विकास तथा स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण मानिन्छ ।

–प्रशस्त मात्रामा आइरन, भिटामिन बी कम्प्लेक्स तथा प्रोटिन र भिटामिन डी खाने गर्दा कपाल झर्ने समस्या कम भएर जान्छ ।

यस्ता छन् घरेलु उपाय

-नीम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस् । दुई घण्टापछि टाउको धुनुहोस् । एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि सहयोग पुग्छ ।

-मौसम परिवर्तन हुँदा पनि कपाल झर्न थाल्छ भने ताजा सयपत्री फूलको पात मिचेर १–२ घण्टासम्म लगाएर धुनुहोस् ।

-अनारको पात पिसेर टाउकोमा लेप लगाउनाले पनि खुइलिएको स्थानमा कपाल पलाउँछ ।

-निरन्तर बन्दाको रसले टाउको मालिस गर्नाले कपाल खुइलिने, कपाल टुक्रिने, कपाल झर्ने आदि समस्याबाट बच्न सकिन्छ ।

प्रस्तुति- पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ६ : ५६ बजे

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप