एमालेको ‘ग्रास रुट’ अभियान आज सुरु हुँदै, को नेता कुन प्रदेशमा खटिँदै छन् ?  « Khabarhub

एमालेको ‘ग्रास रुट’ अभियान आज सुरु हुँदै, को नेता कुन प्रदेशमा खटिँदै छन् ? 


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका ‘ग्रास रुट’ अभियान आज सुरु हुने भएको छ ।

गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आज अभियान थालिने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सो अभियान सुरु हुनेछ ।

एमालेकाअनुसार  बैठकले अभियानको उद्देश्य, कार्य योजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ ।

कुन नेता कहाँको जिम्मेवारी ? 

प्रदेश–१
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की ।

मधेश प्रदेश
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बागमती प्रदेश
उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश
उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश
उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे ।

कर्णाली प्रदेश
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा ।

विशेष कमिटी (केन्द्रीय कार्यालय) 
महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा,भीष्म अधिकारी ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : २४ बजे

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ

तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका