कांग्रेस सांसद भण्डारीको शल्यक्रिया आज गरिने « Khabarhub

कांग्रेस सांसद भण्डारीको शल्यक्रिया आज गरिने


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ ।

बुधवार राति खाना पकाउने एलपी ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद भण्डारीको आज मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो ।

मुम्बईस्थित नेपाली अगुवा शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको छ ।

हिजो भारत पुगेका भण्डारीको स्वास्थ्यवस्था हाल स्थिर रहेको सँगै रहेका चिकित्सकहरूले बताएका छन्।

सोही दुर्घटनामा परी घाइते भएकी उनकी आमाको बिहीबार बिहान काठमाडौँको कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ।

सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्‍याइका सांसद भण्डारीको उपचार नेपालमा सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि मुम्बई लगिएको हो।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ३४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी