जनमोर्चाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र « Khabarhub

जनमोर्चाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

केसीको नेतृत्वमा गएको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझाएको जनमोर्चाले जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन्। साथै देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको सुनाए।

जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दाहरू आफू जनमोर्चासँगै रहेको बताए।

पछिल्लो समय बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको र अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै ध्यानाकर्षण गराए पछि प्रधानमन्त्री प्रचण्डले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकलाई टेलिफोन गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन गर्न निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षकले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

ज्ञापनपत्र बुझाउन केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री र केन्द्रीय सदस्य घनश्याम न्यौपानेलगायत पुगेका थिए।

 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ४६ बजे

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच