प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा « Khabarhub

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् ।

रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार उक्त अवधिमा इयुका देशहरूमा सो मूल्य बराबरको ऊर्जा आपूर्ति गरिएको बताएका हुन् । उनका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै युरोपेली देशहरूले २१ अर्ब ३० करोड डलरको रुसी हाइड्रोकार्बन खरिद गरेका छन् ।

प्रतिबन्धका बाबजुद केही क्षेत्रमा दिइएको छुटका कारण ऊर्जा आपूर्ति जारी रहेको उल्लेख गर्दै नोभाकले यस वर्षको अन्त्यसम्ममा रुसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने बताए।

स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनरगार्डले भने रुसबाट ऊर्जा खरिदमा युरोपले गरेको खर्च युक्रेनलाई उपलब्ध गराएको सहयोगभन्दा बढी रहेको बताएका छन् । उनका अनुसार युक्रेनमा युद्ध सुरु भएदेखि इयुले २१८ अर्ब ७० करोड युरो अर्थात् करिब २४४ अर्ब डलर बराबरको सहयोग उपलब्ध गराएको छ ।

रोक्का गरिएका रुसी सम्पत्ति प्रयोग गर्न सके युक्रेनलाई दिइने सहयोग झन्डै दोब्बर बनाउन सकिने उनको भनाइ छ ।

इयुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्सलगायतका देशले रुसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयात गरिरहेका छन् । स्लोभाकिया र हङ्गेरीले पाइपलाइनमार्फत आउने रुसी तेल खरिदमा छुट पाएका छन् ।

भारत र टर्कीजस्ता देशमा प्रशोधन गरी युरोप पुर्‍याइने रुसी उत्पादन भने प्रत्यक्ष आयातको आँकडामा समावेश छैनन् । भारत, टर्की र चीनले सन् २०२२ देखि रुसी कच्चा तेलको खरिद बढाएका छन् ।

यसैबीच, रुसी डिजेल आयात गर्न अमेरिकालाई अनुमति दिने सम्झौताको युरोपेली देशहरूले आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इयुले रुसलाई ऊर्जा खरिदबापत २५० अर्ब डलर तिरेको दाबी गर्दै आफ्नो निर्णयको बचाउ गरेका थिए ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि रुसी डिजेल खरिदसम्बन्धी अमेरिकी सम्झौताको आलोचना गर्ने युरोपेली देशहरूले आफैँ रुसबाट ऊर्जा आयात जारी राखेको भन्दै उनीहरूको व्यवहारलाई पाखण्डपूर्ण बताएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १ : ०७ बजे

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर