गणतन्त्र दिवसमा प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिने « Khabarhub

गणतन्त्र दिवसमा प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिने


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ। प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एक जनालाई सर्वोत्कृष्ट, तीन जनालाई उत्कृष्ट र छ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार पाउनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया भट्टराई पङ्गेनी छन्। उनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारका लागि लमजुङ डिभिजन वन कार्यालयका अधिकृत पूर्णेश्वर सुवेदी, कास्की यातायात व्यवस्था कार्यालयका अधिकृत डिल्लीराम रिजाल र मनाङ स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य छनोट भएका छन् । उत्कृष्टतर्फको पुरस्कार राशि जनही ७५ हजार रुपैयाँ रहेको छ।

यस्तै ५० हजार रुपैयाँको प्रदेश निजामती सेवा पुरस्कारबाट यस वर्ष पोखरास्थित प्रदेश सङ्ग्रहालयका अधिकृत करुणा राई, मुस्ताङ पूर्वाधार विकास कार्यालयका इन्जिनियर विवेक सिग्देल, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका अधिकृत अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालयका अधिकृत रामेश्वर ढुङ्गाना, प्रदेश लोकसेवा आयोगका सहायक पाँचौँ तहमा कार्यरत विष्णु पोखरेल पौडेल र गण्डकी प्रदेशसभा सचिवालयका सूर्यबहादुर बानियाँ रहेका छन्।

प्रदेश सरकारअन्तर्गतका मन्त्रालय, विभाग र आयोगबाट सिफारिस भई आएका ४४ मध्येबाट बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।

पुरस्कार गणतन्त्र दिवसका अवसरमा प्रदान गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रमेश घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १२ : २१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदैkorala-nakaरसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच