सिकारीको पर्खाइमा ढोरपाटन सिकार आरक्ष « Khabarhub

सिकारीको पर्खाइमा ढोरपाटन सिकार आरक्ष


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बलेवा– ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम (२०७९ फागुन-२०८० वैशाख) का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट सिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो । पन्ध्र दिनभित्र पेस हुने प्रस्तावबाट बढी बढाउका आधारमा सिकार कम्पनीले नाउर, झारल र वनेलको सिकार अनुमति पाउने छन् । विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाका आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र वनेलको सिकार गरिने भएको छ । यसका लागि व्यक्ति तथा सङ्घ संस्थाले निवेदन दिनसक्ने विभागले जनाएको छ । 

आरक्षमा यस आव २०७९-८० को दोस्रो यामका लागि १२ नाउर आठ झारलको सिकार कोटा तोकिएको छ । यस सिजनमा नेपाली नागरिकका लागि ७ वनेल र विदेशी नागरिकका लागि चार वनेल गरी जम्मा ११ वटा वनेल सिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए।

ढोरपाटन नेपालको एक मात्र सिकार आरक्ष हो । यहाँ कात्तिक-मङ्सिर र फागुन-वैशाख गरी दुई सिजनमा सिकारको अनुमति दिइन्छ । आरक्षले सिकारको अनुमति दिएको सङ्ख्या, पर्यटक र उनीहरूको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई सिजनमा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको सिकार हुने गरेको छ ।

आरक्षमा कूल छ वटा ब्लक रहेका छन् । ब्लकअनुसार मूल्य फरकफरक पर्छ । पर्यटकले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अङ्ग भने आफ्नो मुलुक लैजान पाउँछन् । विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको थियो । तीमध्ये पाँच नाउर र चार झारलको मात्रै सिकार भएको थियो । अघिल्लो सिकार याममा सिकार हुन नसकेका नाउर र झारल समेतलाई थप गरेर वर्षको दोस्रो याममा सिकार अनुमति दिन लागिएको हो । 

पहिलो सिकार याममा कुनै पनि नेपाली र विदेशीले सिकारका लागि चासो नदेखाए पनि दोस्रो याममा वनेलको सिकारका लागि प्रस्ताव आह्वान गरिएको छ । ‘अनुमति लिएका विदेशीले निःशुल्क वनेलको सिकार गर्न पाउँछन्, नेपालीलाई पनि सामान्य शुल्क लिएर सिकारका लागि अनुमति लिन प्रस्ताव आह्वान गरिए पनि अहिलेसम्म कोही पनि अनुमति लिन आएका छैनन्’, उनले भने, ‘आशा गरौँ यो मौसममा बनेको पनि सिकार हुनेछ ।’

आरक्षमा रहेका वनेल आसपासका बस्तीमा पसेर किसानको बाली मास्ने गरेका छन् । आरक्षमा वनेलको सङ्ख्या उच्च रहे पनि सिकारीले चासो नदेखाएका हुन् । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया