तीन लाख भेडाबाख्रालाई पीपीआर खोप लगाइने  « Khabarhub

तीन लाख भेडाबाख्रालाई पीपीआर खोप लगाइने 


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोट र रसुवामा जारी रहेको पीपीआर खोप अभियानमा करिब तीन लाख भेडाबाख्रालाई खोप लगाइने भएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पीपीआररोगविरुद्धको खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई आग्रह गरे । 

उनका अनुसार नुवाकोटका दुई लाख ३५ हजार र रसुवाका ३१ हजार भेडाबाख्रालाई खोप लगाउन दुई जिल्लामा रहेका १७ स्थानीय तहका पशुसेवा शाखा प्रमुखको समन्वयमा ६० जना भ्याक्सिनेटर (खोपकर्ता) परिचालन गरिएको छ ।

‘अभियानका क्रममा भेडाबाख्राको खोरमा नै पुगेर खोप लगाउन भ्याक्सिनेटर खटाइएको छ’, केन्द्र प्रमुख पाण्डेले भने, ‘थोरै सङ्ख्यामा पालन गर्ने किसानका लागि तोकिएको केन्द्रसम्म ल्याउन अनुरोध गरिएको छ, कम्तिमा २० सम्म भेडाबाख्रा पालन गर्ने किसानको खोरमा नै पुगेर खोप लगाउने व्यवस्था मिलाएका छौं ।’

भेडाबाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि पीपीआर रोग विरुद्धको खोप दिन थालिएकाले सबै किसानलाई सहभागी हुन र गराउन खोप कार्यक्रम अभियानका रुपमा एकैसाथ सबै स्थानमा सञ्चालनमा ल्याइएको विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बब्लु ठाकुरले जानकारी दिए। उनका अनुसार भेडाबाख्रामा महामारीका रुपमा फैलने र प्राणघातक मानिएको पीपीआर रोगको उपचारसमेत सम्भव नहुँदा रोगबाट बचाउन खोप लगाउनु नै एकमात्रै उपाय मानिने गरिएको छ ।

‘जन्मेको तीन महिना पूरा भएका (गर्भवती तथा सुत्केरी भेडाबाख्रालाई समेत) खोप लगाइने भए पनि स्वास्थ्यमा समस्या भएकालाई खोप लगाउन हुँदैन’, पशु चिकित्सक डा ठाकुरले भने, ‘नेपालमा नै बनेको र वर्षौंदेखि सफल कार्यान्वयनमा आइसकेकाले पीपीआर खोप शतप्रतिशत सुरक्षित छ, आफूले पालन गरेका भेडाबाख्रालाई ढुक्क भएर खोप कार्यक्रममा सहभागी गराउन किसानलाई आग्रह गर्दछौँ ।’

पिपिआर रोग सङ्क्रमित भेडाबाख्रामा कडा किसिमको ज्वरो आउने, सिङ्गान बगाउने, आँखामा र्‍याल काढ्ने, चिप्रा देखिने, पातलो दिसा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछि उक्त घाउ फुटी पाप्रा बन्ने लगायतका लक्षण देखिने भएकाले रोगबाट सुरक्षित गर्न खोप लगाउनु नै एकमात्रै उपाय भएको उनको भनाइ छ ।

यो रोग लागेमा चौबीस घण्टादेखि एक साताभित्र प्राणसमेत जाने भएकाले किसानलाई पशुधनको रक्षा गर्न, पशुपालन पेसामा टिकाइराख्न र व्यावसायिक रुपमा निरन्तरता दिने वातावरण सुनिश्चित गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रम बागमती प्रदेश सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अभियानका रुपमा प्रदेशका सबै जिल्लामा सञ्चालन भइरहेको जनाएको छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : २४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच