प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र : मुख्यमन्त्री अधिकारी « Khabarhub

प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र : मुख्यमन्त्री अधिकारी


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन् । 

सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने धारणा राखे । ‘यो हाम्रो विश्वविद्यालय जस्तै हो, यहाँ रहेका सांस्कृतिक चिनारी, ऐतिहासिक अभिलेख, जातजातिका वेशभूषा र सामग्रीको उचित संरक्षण हुनुपर्छ’, मुख्यमन्त्री अधिकारीले भने। अवलोकनकर्तालाई प्रदेश सङ्ग्रहालयमा आकर्षित गर्न उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने उनले बताए ।

मुख्यमन्त्री अधिकारीले सङ्ग्रहालयका लागि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गर्न प्रदेश सरकारले लगानी गर्न तयार रहेको उल्लेख गरे । एक करोड ८९ लाख ८६ हजारको लागतमा प्रशासनिक भवन निर्माण गरिएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ३ : २३ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय