टर्कीमा भूकम्प गएको ११ दिनपछि तीन जनाको जीवितै उद्धार « Khabarhub

टर्कीमा भूकम्प गएको ११ दिनपछि तीन जनाको जीवितै उद्धार


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई जीवितै उद्धार गरेका छन् ।

टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका स्वास्थ्यमन्त्रीले जानकारी दिएका हुन् ।

टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा उस्मानलाई उद्धारपछि स्ट्रेचरमा बोकिरहेको भिडियो पनि पोस्ट गरेका छन् ।

उनको हतेय प्रान्तको अन्टाक्यास्थित अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताले भग्नावशेषमा आवाज सुनेपछि उस्मानलाई फेला पारेको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएको छ ।

उद्धारकर्मीले बिहीबार नै अन्टाक्यामा २६ र ३३ वर्षका अन्य दुई जनालाई उद्धार गरेको कोकाले बताए ।

एघारौँँ दिनमा २६ वर्षीय मेहमत अली साकिरोग्लु र ३३ वर्षीय मुस्तफा अव्सीलाई पनि उस्मानलाई उद्धार गरिएकै स्थानको भवनको भग्नावशेषबाट उद्धार गरिएको डीएचए समाचार एजेन्सीले जनाएको छ ।

“म ठीक छु, मलाई कुनै समस्या छैन,” कोकाले सार्वजनिक गरेको भिडियोमा प्रियजनलाई फोन गर्ने क्रममा अब्सीले भने ।

अव्सीले आफ्नो उद्धारपछि आफ्नी आमाको अवस्थाबारे सोधेका थिए । भिडियोमा उनले ‘मेरी आमा र अरूलाई कस्तो छ ?’ भनी सोधेपछि कसैले ‘तिनीहरू सबै ठीक छन्, तिनीहरू तपाईंको प्रतिक्षामा छन्’ भनिएको देख्न सकिन्छ । प्रतिक्रियापछि अब्सीको अनुहारमा राहतको छोटो मुस्कान देखिएको छ ।

भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा बढी को मृत्यु भएको छ भने अन्य हजारौं घाइते भएका छन् । भूकम्प प्रभावित लाखौं मानिस चिसो हिउँदमा आश्रयविहीन भएका छन् ।

भूकम्पको धक्का टर्कीका ११ प्रान्तमा महशुस गरिएको थियो । टर्कीका अधिकारीहरूले अदाना, किलिस र सानलियुर्फा प्रान्तमा उद्धार कार्य पूरा भएको बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ४ : २८ बजे

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश