क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडा  पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई प्रहरीले पक्राउ गरेको छ । 

थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

 उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : ०० बजे

जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’

धनुषा– जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ ।

चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल

चितवन– चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको

गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन

पर्वत– पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा

कथा- फेसबुकमै प्रेम

भर्खरै फेसबुक आएको थियो । अपरिचतबीच साथी बन्ने र बनाउने

कैलालीको चिडिया तालसम्म पदमार्ग निर्माण

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण