बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन | Khabarhub Khabarhub

बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघ-संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । बैंकिङ ब्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, निजी स्वार्थका कारण व्यवसायीहरू आफ्नो पेसाबाट पलायन हुने अवस्था आएको उनीहरूको गुनासो छ ।

उनीहरूले सहुलियत कर्जाको सिमा बढाउ, बैकिङ आतंक बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको व्याज नतिर्ने कुनै नियत नभएको तर बैंकिङ ब्याजदर एक प्रतिशतमा झार्नुपर्ने बताए । उने आफुहरुलाई गरिखान दिनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उनले बैंकहरूले सोझा दमन गरेको र अन्याय हुँदा पनि सरकार मौन बसेको गुनासो गरे । आफ्ना मागहरूका विषयमा अर्थमन्त्रीलाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको व्यवसायीहरूले जनाएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : २८ बजे

दक्षिणी युक्रेनमा रुसी आक्रमणमा छ को मृत्यु, ११ घाइते

किएभ – राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित उहाँको गृहनगरमा रुसी

अमेरिकाविरुद्ध पनि चल्न सकेनन् रोहित र कोहली

एजेन्सी – आईसीसी टी–२० विश्वकपअन्तर्गत भारत र अमेरिकाको खेल अहिले

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोलाबीच भेटवार्ता

स्वीजरल्याण्ड – राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे चिनियाँ मन्त्रीको ध्यानाकर्षण

रुपन्देही – लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला

विद्यार्थीलाई पाँच दिने संस्कार शिविर

जलेश्वर –महोत्तरीको मनरा शिसवा नगरपालिकाले नगर क्षेत्रको ९० विद्यार्थीलाई पाँच