‘तथ्यपूर्ण र खोजमूलक सामाग्री दिन नसके पत्रकारिताको विकल्प खोजे हुन्छ’ « Khabarhub

‘तथ्यपूर्ण र खोजमूलक सामाग्री दिन नसके पत्रकारिताको विकल्प खोजे हुन्छ’


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामाग्री दिन नसके अनलाइन सञ्चारमाध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराएका छन् । अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामाग्री देखिन छाडेको छ । यो अल्छीपना हो । अन्य माध्यमको समाचार हुबहु सारेर वा अल्छी गरी जबर्जस्ती अनलाइन चलाउनु राम्रो होइन । बरु विकल्प खोज्नु राम्रो हुन्छ, काउन्सिलमा नयाँ दर्ता भएका अनलाइनका सञ्चालक, सम्पादकहरुलाई शुक्रबार दिइएको अभिमुखिकरण कार्यक्रममा बोल्दै बस्नेतले भने। 

अध्यक्ष बस्नेतले विभिन्न व्यवसाय गर्ने र त्यसलाई सजिलो पार्न अनलाइन समाचार माध्यम खोल्ने प्रवृत्तिको पनि कटाक्ष गरे । ‘सञ्चारमाध्यमको विशेषता र प्रकृति फरक छ । अरु उद्योगबाट हुने फाइदा, बेफाइदाको आँखाबाट सञ्चार उद्योगलाई हेरिनुहुँदैन । अरु कामलाई सघाउन एउटा अनलाइन पनि दर्ता गराउन भनेर कोही आएको छ भने त्यो गलत हो । त्यस्ता अनलाइन टिक्न सक्दैनन्’ , उनले भने । 

काउन्सिलले अनलाइन दर्ता अघि आचारसंहिता र पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा नियमित अभिभुखिकरण कक्षा राख्दै आएको छ । शुक्रबारको कक्षामा मुलुकभरका ३७ वटा नयाँ अनलाइनका सहभागी थिए । सहभागीलाई अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विषयगत विज्ञका रुपमा कक्षा लिएका थिए ।

प्रधानसम्पादक भण्डारीले अनलाइन सञ्चारमाध्यमले अवसरसँगै चुनौति पनि थपेको भन्दै पत्रकारले आचारसंहिताको सीमाभित्र रहेर काम गरे सफल हुने बताए । बुढाथोकीले काउन्सिलले जारी गरेका आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरुको महत्व र प्रभावकारिताबारे प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ६ : ४६ बजे

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

दोलखा– जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास

वाशिङ्टन- आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री