२८ केजी गाँजासहित सुनसरीबाट एक जना पक्राउ « Khabarhub

२८ केजी गाँजासहित सुनसरीबाट एक जना पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाँउपालिका-७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो । 

सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबि नगरपालिका ४ बस्ने २० वर्षीय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।

 सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागेर जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई बोरामा १४ पोका पारेर ल्याइएको गाँजा बरामद भएको हो ।

नियन्त्रणमा लिइएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ६ : ५८ बजे

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा