खोटाङमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु « Khabarhub

खोटाङमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा रेडपाण्डा संरक्षण सम्वन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल, लामीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु भएको हो ।

चालु आर्थिक वर्ष पाथेका र फेदीका सात वटा सामुदायीक वनमा सर्भे तथा अनुसन्धान गर्ने र चार वटा सामुदायीक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन हुने जनकल्याण समाज नेपालका अध्यक्ष एबं लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताए ।

आर्थिक वर्ष २०७९/०८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि समाजलाई रेडपाण्डा नेटवर्कले २८ लाख ८६ हजार सात सय बजेट उपलव्ध गराएको छ । सुरुवाती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बास स्थानको व्यवस्थापन, दिगो जिवीकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ ।

रेडपाण्डाको उपस्थितिरअनुपस्थिति सर्वेक्षण, वन संरक्षकको भर्ती, रेडपाण्डा र बासस्थानको नियमित अनुगमन, चोरी शिकार विरुद्ध अभियान, वन संरक्षकका लागि तालिम, रेडपाण्डा इको–क्लब गठन, रेडपाण्डा संरक्षण छात्रवृत्ति, रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, विद्यालयमा रेडपाण्डा पर्खाल बुलेटिन प्रकाशन, निजी नर्सरीलाई सहयोग, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोग लगायतका गतिविधि सञ्चालन गरिने समाजका अध्यक्ष मगरले जानकारी दिए । फेदीमा रेडपाण्डालाई स्थानीय साम्पाङ भाषामा ‘कुँदो’ भनेर चिन्ने गरिन्छ ।

प्राप्त बजेटबाट रेडपाण्डा संरक्षण सम्वन्धी सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिन शुक्रबार दिक्तेलमा जिल्ला स्तरिय सल्लाहकार समितिको गोष्ठी गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, सुरक्षा प्रमुख, सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ र छिमालुङ सामुदायीक बनमा लोपोन्मुख बन्यजन्तु रेडपाण्डाको बसोबास रहेको छ । यस्तै, चिउरीडाँडाको सिस्नेहर्कटे, निर्मलीडाँडाको गोपिनी नायपा वन र पाथेकाको कोप्चेभालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जङ्गगलमा रेडपाण्डाको बसोबास रहेको दावी गरिएको छ । रेडपाण्डा नेटवर्कले एक दशकअघि गरेको अनुसन्धानबाट पनि फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो ।

गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित बनमा पाईने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने र जिबिकोपार्जनमा सहयोग पुग्ने भएकाले संरक्षण अभियान थालिएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ४१ बजे

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले