सहकारीकर्मीद्वारा सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र « Khabarhub

सहकारीकर्मीद्वारा सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहकारी संस्थाप्रति अभियानका नाममा धावा बोलेको भन्दै झापाका सहकारीकर्मीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

राज्यको नियम मानेर सञ्चालित सहकारी विरुद्ध धावा बोल्दै राज्यको उपस्थितिलाई नै नकार्ने गरी अभिव्यक्ति आउनु दुःखद रहेको भन्दै अभियानका तर्फबाट तीन बुँदे ध्यानाकर्षण पत्र सभामुख घिमिरेलाई आज अभियानकर्मीले बुझाएका हुन् ।

अभियानकर्मीको प्रतिनिधित्व गर्दै महेन्द्रकुमार गिरीले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनले अभियानका नाममा सहकारी क्षेत्रमाथि बोलिम्दै आएका धावा नियन्त्रण गर्न माग गरे । तीन बुँदे ध्यानाकर्षण पत्रमा सहकारी संस्थामा सदस्यले निक्षेप तथा बचतमा रु २५ लाख मात्र राख्न पाउने सहकारी ऐन, २०७४ को दफा ५२ मा गरिएको व्यवस्था संशोधन गर्न लागिएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । सहकारी संस्थाको नियमन राष्ट्र बैंकले गर्नुको सट्टा सेकेण्ड टायर इन्स्टिच्युटमार्फत नियमन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सहकारी अभियानकर्मीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले बैंक र वित्तीय क्षेत्रको नियमनका लागि नयाँ विधेयक संसद्मा छलफलको क्रममा रहकाले अभियानकर्मीले बुझाएको ध्यानकर्षणका बुँदा पनि समेटिने जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : १३ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा