खानपान र जीवनशैलीले मोटोपन बढ्यो « Khabarhub

खानपान र जीवनशैलीले मोटोपन बढ्यो

मोटोपन घटाउने उपाय


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय खानपान र बदलिँदो जीवनशैलीले मोटोपनको समस्या बढेको छ। बाहिरका खाना र धेरै मैदा र चिनी युक्त खानाका कारण मोटोपनको समस्या दैनिक बढिरहेको छ।
मोटोपन घटाउन मानिस विभिन्न प्रकारका औषधिको सेवन गरिरहेका छन्। त्यसले मोटोपन घट्नु भन्दा पनि शरीरमा अर्काे समस्या निम्त्याउन सक्छ। शरीर मिलाउन मानिस धेरै खर्च गरेर जीम, जुम्बा पनि जाने गर्दछन्।

पछिल्लो समय मोटोपना धेरै मानिसको समस्याको रुपमा देखिएको छ। अत्याधिक मोटो भएकै कारण धेरैले खाना नै खान छाडेर भोकै बसेका पनि हुन्छन्। तर के खानै छाडेर मात्रै शरीरको मोटोपन कम हुन्छ ? यो गम्भीर प्रश्न बनेको छ।

किन बढ्छ मोटोपना ?
एउटै कारणले मात्र मोटोपन बढ्ने हुँदैन। चिकित्सकका अनुसार मानिस मोटो बन्नुका पछाडि विभिन्न खालका कारण रहेका हुन्छन्। कतिपय मानिस सानैदेखि मोटो शरीर लिएर आएका हुन्छन् भने कतिपय मानिस उमेर बढ्दै जाँदा मोटाउँदै जान्छन्। मोटोपन बढ्नुका कारणलाई यसरी देखाउन सकिन्छ :

जंकफुडको अधिक प्रयोग : पछिल्लो समय घरको तयारी खाना भन्दा पनि शहरीया जीवशैली र व्यस्त जीवनशैलीका कारण मोटोपन बढेको छ। आफैं बनाएर खाने फुर्सद नहुँदा मानिसहरु जंकफुडमा निर्भर भएका छन् , जंकफुड र प्याकेटको खानाले शरीरमा मोटोपन बढाउँछ।

प्रयाप्त शारीरिक व्यायामको कमी : कामको व्यस्तताका कारण मानिसहरु दैनिक रुपमा व्यायम गर्न बिर्सिन्छन। दैनिक रुपमा घर अफिस गर्दा पनि मानिस बसको र बाइक लगायतका सवारी साधनको प्रयोग गरिरहेका हुन्छन्। एउटा मानिसले दैनिक रुपमा आधा घण्टा हिँड्नु पर्ने चिकित्सक बताउँछन्। तर व्यस्त जीवनशैलीले त्यो सम्भव भएको हुँदैन।

असंतुलित खानपान : हामीले नियमित खाने गरेको दालभात तरकारी पनि समयमा र निश्चत मात्रामा नखाँदा मोटोपना बढ्छ। हरियो साँगपात, पहेलो फलफूल र मौसम अनुसारका फलफूल नियमित र मात्रा पुर्याएर मात्र खाने गर्नुपर्छ।

समयमा नसुत्ने : काममा व्यस्तताका कारण मानिसहरु समयमा नसुत्ने हँुदा पनि मोटोपनको समस्या बढ्छ। खाना खाने बित्तिकै सुत्नु हुँदैन।

मोटोपनलाई घटाउन विभिन्न खालका घरेलु विधिसमेत गर्न सकिन्छ। चिकित्सकसँगको कुराकानीका आधारमा मोटोपनलाई हटाउने केही विधिलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
-हरियो सागपातको दैनिक सेवन गर्ने,
-दैनिक सलाद (गाजर, काक्रो, मुला) को सेवन गर्ने,
-प्रशस्त मात्रामा पानीको सेवन गर्ने,
-बिहान खाली पेटमा कागती पानीको सेवन गर्ने,
-गर्मीको मौसममा दैनिक दही सेवन गर्दा तौल घटाउन मद्दत पुग्छ,
-दैनिक रुपमा कम्तिमा ३० मिनेट व्यायाम गर्ने,
-धेरे भोक लागेको बेला ठिक्क क्यालोरी दिने खाना खाने,
-लामो समय प्याकेटमा राखेका खाना नखाने,
-बाहिरका मैदा, चिल्लो, पिरो, धेरै गुलियो भएका खाना कम गर्ने,
-लामो समयसम्म एउटै स्थानमा नबस्ने, वरपर वा शरिरलाई चलायमान बनाउँने,
-धेरै सवारी साधनको प्रयोग नगर्ने, पैदल गर्ने,
-कार्बोहाइड्रेडयुक्त खानाभन्दा फलफूल, सागसब्जी खाँदा पनि मोटोपन घट्न मद्दत पुग्छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : १२ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै