आर्टीफिसियल इन्टलीजेन्सले जन्माएको चुनौती | Khabarhub Khabarhub

आर्टीफिसियल इन्टलीजेन्सले जन्माएको चुनौती


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

‘आर्टीफीसियल इन्टलिजेन्स’ पछिल्लो समय मानिसको जीवन यापनको एउटा अंग बनेको छ। यसका केही सही पाटा छन्। साथै केही खतरनाक पाटा पनि छन्। यसले शक्तिको समन्वय समेत नयाँ हलचल ल्याउने छ।

एक पटक सन् २०१९ मा फर्केर हेर्ने हो भने गैर नाफा मूलक संस्था ओपन अलले एउटा सफ्टवेयर निर्माण गरेको थियो। यसले अक्षरलाई प्याराग्राफ बनाउने र पढ्नका लागि सहज गराउँथ्यो। त्यसपछि अर्को एउटा कार्यक्रम आयो। जीपीटी–२ नामको सो कार्यक्रम प्रोपोगान्डा मच्चाउनका लागि पर्याप्त थियो। पछिल्लो तीन वर्ष यता यो विषय नयाँ बहसको विषय बनेको छ। मानिसको गोप्यतामा संकट उत्पन्न भएको छ। तर, एक आपसका बारे जानकारी लिन सहज पनि भएको छ।

नोभेम्बर महिनामा जीपीटी–३ सबैका लागि पठनीय बनेर आएको छ। त्यो प्रोग्राम अन्तरगत जीपीटी प्रयोगमा आएको छ। यसमा हजारौँ नयाँ कुरा राख्न र सहजै थाहा पाउन सकिन्छ।

संसारमा नै प्रचलनमा आएको च्याट जीपीटीले दर्शनको कुरा गर्छ। यसले सिलिकन भ्यालीको बैंक असफलताको कुरादेखि बच्चाहरूलाई भौतिक शास्त्रको क्वान्टम फिजिक्सको कुरासम्म पढाउन सक्छ। यसले कवितासमेत लेखिदिन्छ। यसले कथा लेखिदिन्छ। अहिले सिर्जनशीलतामा मानिसको मस्तिष्कमा होइन मेसिनमा भेटिन थालेको छ। त्यसैले मानिस यान्त्रिक बनी रहेको उदाहरण च्याट जीपीटीको व्यापक प्रयोग पनि हो।

यसै साता ओपन अलले यसको कार्यक्रम जीपीटी–४ को पुनरावृत्ति गरेको थियो। यसै उत्पादकका अनुसार यसलाई दुरुपयोगबाट रोक्न धेरै हदसम्म सफल भएको छ। यसमा अपमानजनक गतिविधि खासै नभएको ठहर गरिएको छ। यसै साता टेक्ससमा आर्टीफिसियल इन्टलीजेन्सको बारे यसका बादशाहहरूको भेला बसेको थियो। नीति निर्माता र लगानीकर्ताको सो भेलाले आर्टिफिसियल इन्टलीजेन्सको सम्भावना र यसका जोखिमका बारे वार्ता भएको थियो।

ह्वाइट हाउस अफिस अफ साइन्स एन्ड टेक्नोलोजीकी निर्देशक आरती प्रभाकर पनि ओपन अलको प्रभाव र सम्भावना देखेर उत्साहित छिन्। तथापि उनले पनि केही चुनौती देखेकी छन्।

‘हामीले शक्तिशाली प्रविधि देखिरहेका छौं। यो एउटा उच्चतम विन्दु हो,’ उनले कन्फरेन्स प्यानलको बैठकमा भनिन्, ‘इतिहास नै साक्षी छ की यसका बलिया प्रविधि अत्यन्त उपयोगी हुन सक्छन्। यसलाई सही कुरामा मात्र उपयोग गरेमा यो अत्यन्त लाभदायक हुनसक्छ।’

‘यो ६ महिनाले यसले तपाईंलाई पूर्ण रूपले पागल हुन दिएको छैन,’ आर्टीफिसियल इन्टलीजेन्स नीति निर्माता समूह सिदलका संस्थापक अस्टिन कार्सनले भने। फयुचर टुँडे प्रतिष्ठानकी प्रमुख तथा न्यु योर्ककी बिजनेस प्राध्यापक एमी वेक आगामी १० वर्षमा आर्टीफिसियल इन्टलिजेन्स दुई प्रमुख बाटोमा जान सक्ने बताउँछिन्।

आशावादी भएर हेर्ने हो भने सबै विकासका प्रोग्राम राम्राका लागि र राम्रा सोचका लागि भएका छन्। मानिसले इन्टरनेटकै माध्यमबाट जानकारी लिने र दिने यो नयाँ कार्यको सुरुवात पनि गरेको छ। यसै प्रविधिले मानिसको जिन्दगीलाई सहज बनाएको छ। साथै कुनै पनि कम सहज बनाउँदै आएको छ।

यो सहज जिन्दगीसँगै वेबको पनि केही चिन्ता छ। डाटाहरूको गोपनीयता एउटा प्रमुख समस्या हो। त्यसो त संसारभर नै अहिले एउटा प्रमुख चुनौती र समस्या त्यो बनेको छ। डाटाको गोपनीयता एउटा चासोको विषय बनेको छ। एउटै डिभाइसबाट अनगिन्ती प्रोग्राम चलाउने कारणले यो जोखिम बढेको हो। बैङ्किङ कारोबार, व्यक्तिगत मेल र अन्य सामाजिक सामाजिक सञ्जाल समेत एकै पटक एउटै डिभाइसबाट प्रयोग हुने भएकाले हरेक नयाँ कार्यक्रममा जोखिम थपिएको हो। अहिलेको चुनौती पनि यसलाई बलियो र सुरक्षित बनाउने नै हो।

वेबको विचारमा चाट बक्सलाई वैज्ञानिक बनाउन धेरै आवश्यक रहेको छ। साथै यसमा आएको डेटालाई प्रमाणीकरणका मापदण्ड पनि थप्न आवश्यक छ। साथै भाषाको विविधता अर्को आवश्यक विषय हुनसक्छ।

उनको विचारमा यसको दुरुपयोग रोक्न संसारका सबै सरकारले नै एउटा गाइडलाइन तयार गर्नु आवश्यक छ। उत्पादक कम्पनीले मात्र यसको दुरुपयोग रोक्न र कडाइ गर्न अत्यन्त कठिन पनि हुनसक्ने छ।

अहिले संसारमा नै नयाँ बहस चलेको छ। फेसबुक, ट्वीटर र गुगलको पनि सही ढङ्गले मात्र प्रयोग भएको छैन। यसको दुरुपयोग रोक्न सरकार असफल नै भएको छ। ‘धेरैको बहस सुन्दा त्यहाँ कुनै कडाइ भएको छैन,’ फयुचर टुँडे इन्स्टिच्युटकी प्रबन्ध निर्देशक मेदिन टुबेले भनेकी छिन्। उनको विचारमा सामाजिक सञ्जालले मानिसको मनलाई उदाङ्गो पारेको छ। तर, यसमा केही गोपनीयताका कुरा र केही मापदण्ड राख्न जरुरी भने छ।

यसका बारे नियमन गर्ने र कानुन बनाउने क्रममा पनि अमेरिका अगाडि छ। सन् १९९६ मा अमेरिकामा सञ्चार ऐन बनाइएको थियो। छोटो तथा बलियो प्रावधानसहित २३० ऐन लागू गरिएको थियो। इन्टरनेटमा प्रयोग गरिने भाषाको बारे पनि एउटा मापदण्ड बनाइएको थियो। त्यस समयमा इन्टरनेट सञ्जालमा अनुशासन कायम थियो। पछिल्लो समय सेवा प्रदायक कम्पनीका कारण यसमा कमी आइ सकेको छ।

फेसबुक र गुगलको जत्ति माग बढ्दो छ, यसमा माथिल्लो तहबाटै निगरानी राख्नु पर्ने आवाज समेत उठ्न थालेको छ। घृणाजनक अभिव्यक्तिमा निर्मूल गर्न कम्पनीले धेरै गर्नु पर्ने काम पनि नगरेको आरोप लाग्न थालेको छ।

सन् २०२० मा अमेरिकामा नै यस्तो असर नपरेको होइन। राष्ट्रपति निर्वाचनको विषयमा फेसबुकबाटै डोनाल्ड ट्रम्प समर्थकले अभियान चलाएर मिचिगनका विदेश मन्त्री जोयसली बेन्सनको घरमा त आगजनी नै गरेका थिए।

हानिकारक काम गर्न फेसबुकको प्रयोगलाई बन्द गर्न तीनले पनि अहिले नयाँ कानुनको पक्षमा वकालत गरेकी छिन्। अहिलेको समयमा यसलाई रोक्न नयाँ नीति आवश्यक भएकोमा उनको मत छ।

पछिल्लो समय, अनेकौँ सामाजिक सञ्जाल तथा सर्च आइकन लोकप्रिय छन्। साथै यसको नकारात्मक कदमले संसारलाई थपेको चुनौती रोक्न सबै सरकारका लागि नयाँ चुनौती हो।
स्रोतः बीबीसी, सीएनएन

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ०१ बजे

भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

काठमाडौं– भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको

नेपालमा पहिलो पटक सहकारी रोजगार मेला हुँदै

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले नेपालमा पहिलो पटक सहकारी रोजगार मेला

भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं– कैलालीको घोडाघोडी नगरपालिका-१२ नकफोडुवा बस्ने ३७ वर्षीय मोहन बहादुर

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव

शीतल र न्यानो दिने एसीका अनेक बेफाइदा !

काठमाडौं – अहिले जलवायु परिवर्तनका कारण विश्वभर नै तापक्रम बढिरहेको