उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै « Khabarhub

उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज (शुक्रबार) राति १२ बजेबाट सकिँदै छ।

कार्यकाल सकिएसँगै उपराष्ट्रपति पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन्।

उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि सरकारी निवास खाली गरेका पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ।

पुन दोस्रो कार्यकालका लागि ०७४ चैत ४ मा उपराष्ट्रपति निर्वाचित भएका थिए। त्यसअघि पुन ०७२ मा नयाँ संविधान बनेसँगै देशको दोस्रो उपराष्ट्रपतिमा चुनिएका थिए।

०७४ फागुन २९ मा निर्वाचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिएको थियो।

२५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपति चुन्न आज मतदान हुँदैछ।

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ५९ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार