१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र « Khabarhub

१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लमजुङ – हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो ।

मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन ।

आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी एक नेपाली र तीन चिनियाँ कम्पनीले साझेदारीमा सो जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले निर्माण गर्ने भएका हुन् ।

आयोजनामा नेपाली साझेदार बीपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी रहेको छ । कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने आयोजनाले जनाएको छ ।

रन अफ द रिभर प्रकृतिमा बन्न लागेको सो आयोजनाबाट वार्षिक ७ सय ६६ दशमलव ५ सय ९३ मेगावाट विद्युत शक्ति उत्पादन हुने जनाइएको छ । आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययनअनुसार यो आयोजनाको ग्रस हेड ४ सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव ०७५ किमि रहेको छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुसमा सम्झौता भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : २६ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल