स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै « Khabarhub

स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भैरहवामा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डाक्टर सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यान्सरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो ।

भैरहवाको ओजस अस्पतालबाट स्तन क्यान्सरको सबै उपचारको व्यवस्था गरिएको छ । हालै मात्रै स्तन क्यान्सरको सफल शल्यक्रिया गरेका डाक्टर पाण्डेले अब स्तन क्यान्सरको भैरहवामै शल्यक्रियासम्मको उपचार हुने जानकारी दिए ।

क्रमिक रुपमा स्तन क्यान्सरका बिरामीहरूको संख्या बढ्दै गएको छ । जनचेतनाको अभाव र पहुँच नहुँदा कतिपयको ज्यान जाने गरेको भए पनि स्तन क्यान्सरको उपचार कम खर्चिलोमै गराउन सकिने गरी सेवा भैरहवामा सुरु भएको छ ।

चितवन, काठमाडौँलगायतका क्षेत्रमा हुँदै आएको शल्यक्रिया अब अत्याधुनिक तरिकाले भारतको मेदान्ता जस्तो स्तरको शल्यक्रिया कक्षबाट शल्यक्रिया गर्ने गरी व्यवस्था मिलाइएको डाक्टर पाण्डेले भने।

महिलामा मात्रै नभएर पुरुषमा पनि स्तर क्यान्सर हुन सक्छ ।  महिला भन्दा पुरुषको स्तन क्यान्सर घातक मानिन्छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार अहिलेकै गतिमा पुरुषमा क्यान्सर बढ्दै गयो भने सन् २०३० सम्ममा विश्वका हरेक पाँच मध्ये एक जनालाई ७५ वर्ष अघि नै स्तन क्यान्सर हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ११ : ५८ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल