उपराष्ट्रपति मैले जित्नेमा ढुक्क छु : अष्टलक्ष्मी शाक्य | Khabarhub Khabarhub

उपराष्ट्रपति मैले जित्नेमा ढुक्क छु : अष्टलक्ष्मी शाक्य


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताएकी छन्।

उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताएकी हुन्।

पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर सत्ता गठबन्धनका दलहरुले संविधानको गलत ट्रेन बसालेको टिप्पणी गरेकी छन्।

उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन्।

‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यक्ताको विषय हो। पार्टीले पनि त्यो आवश्यक्ता महशुस गर्‍यो, स्थितिले पनि महशुस गरायो।’ उनले भनिन्।

अहिले मतदान जारी छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ४४ बजे

बजेटमा स्वास्थ्य – ८६ अर्ब २३ करोड विनियोजन, विपन्नको उपचारमा तीन अर्ब

काठमाडौं – आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब

यस्ता छन् करका दरमा हेरफेर, कुनमा बढ्यो, कुनमा घट्यो ?

काठमाडौं- सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको

संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गर्ने लक्ष्य 

काठमाडौं– सरकारले संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन

बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन

काठमाडौं– सरकारले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन

सहकारी ठगी छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले संसदीय समिति गठन